काठमाडौं-नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले १७ जेठको प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति फिर्ता लिनुपर्ने वा संसदमा माफी माग्नुपर्ने बताएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसको संसदीय दलको उपनेता अभिषेक प्रताप शाहले अन्यथा संसद चल्न नसक्ने बताए ।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक ठहर गरिएको बताए । कांग्रेसले यो विषयमा कडा विरोध दर्ज गर्न चाहेको पनि उनले बताए । ‘उहाँको अभिव्यक्ति कि फिर्ता लिनुपर्छ कि माफी माग्नुपर्छ । यो नआउन्जेल संसद सुचारु गर्न हामीलाई पनि बाध्यता छ,’ उनले भने ।




प्रतिक्रिया