अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेनले अभिव्यक्ति फिर्ता लिएर क्षमा माग्नुपर्छ: पद्मा अर्याल

प्रधानमन्त्री बालेनले अभिव्यक्ति फिर्ता लिएर क्षमा माग्नुपर्छ: पद्मा अर्याल


काठमाडौँ- नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लङ्घन गर्दै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति फिर्ता लिएर क्षमा याचना माग्न सुझाव दिएकी छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा एमालेका सचिव समेत रहेकी अर्यालले बोल्दै यस्तो बताएकी हुन् । 

‘राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा दख्खल पुग्ने गरी दिएको अभिव्यक्तिको आज गम्भीर बहस र विरोध भइरहेको छ’, एमाले संसदीय दलका उपनेता अर्यालले भनिन् ‘हामीले पटक पटक आग्रह गर्दा पनि जुन भुल प्रधानमन्त्रीले गर्नुभयो त्यो भुल सुधार गरियोस् र क्षमायाचना गरियोस् भनेर भनिरहेका छौँ तर सुनिएन।’

एमाले संसदीय दलका उपनेता अर्यालले अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्दा सत्तापक्ष र प्रतिपक्षको विषय नबनाएको भन्दै राष्ट्रियताका सवालमा । साझा सहमति गरेर अघि बढ्नुपर्ने बताइन्। साथै, उनले राष्ट्रियताका सवालमा सङ्कल्प प्रस्ताव पारित गर्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्चाएसम्म सदन स्थगित गर्न माग गरिन्।

Skip This