अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करका दर हेरफेरमा अर्थमन्त्री वाग्लेमाथि छानबिन हुनुपर्छ: ज्ञानेन्द्र शाही

करका दर हेरफेरमा अर्थमन्त्री वाग्लेमाथि छानबिन हुनुपर्छ: ज्ञानेन्द्र शाही


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेरको सूचना चुहाएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेता शाहीले अर्थमन्त्रीबाहेक अरू कसैलाई थाहा नहुने भन्दै अर्थमन्त्री डा. वाग्लेमाथि छानबिन गर्दै राजद्रोहको मुद्दा लाग्नुपर्ने बताएका हुन्।

‘करका दर हेरफेरको सूचना कसरी आयो ? यो भन्सारको कर्मचारीलाई थाहा हुन्छ ? अर्थमन्त्री, अर्थसविच र राजस्व सचिवलाई थाहा हुने हो । तर, ठूलो अपराध भएको छ । यसैले अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्छ। यो राजद्रोह हो,’ उनले भने ।

र्थिक विधेयक संसदको भएको भन्दै संसदमा पेस नै नगरी भकाभक कसको स्वार्थमा परिवर्तन परिवर्तन गरेको भन्दै उनले प्रश्न उठाए ।

‘करका दर हेरफेर गर्ने कुरा सरकारका सचिवलाई थाहा हुँदैन। अर्थमन्त्री र उहाँले स्वीकृत गरेका व्यक्तिलाई मात्रै थाहा हुन्छ,’ शाहीले भने, ‘सूचना लिक भएर ७५३ ईभी केरला नाकाबाट जेठ १४ भन्सार पास हुन्छ। २० गते गाडी आउँछ । यो स्वार्थ नभएर केहो ? सूचना चुहावट नभएर के हो ? छानबिन समिति बनाएर कर्मचारीलाई डाम्ने ? अनि अरुलाई उन्मुक्ति दिने ? नेपालमा अपराध गरेकोमा राजद्रोहको मुद्दा लाग्छ । यो कसले गर्‍याे ? यसको जवाफ संसदमा दिनुपर्छ।’

Skip This