अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा आज पनि विपक्षीको अवरोध, ‘प्रधानमन्त्रीले माफी माग्नैपर्छ’ भन्ने अडान कायम

संसदमा आज पनि विपक्षीको अवरोध, ‘प्रधानमन्त्रीले माफी माग्नैपर्छ’ भन्ने अडान कायम


काठमाडौँ-विपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेका छन्। बैठकको कारबाही सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गत जेठ १७ गते नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् अवरोध गर्दै आएका छन्। उनीहरूले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने तथा प्रधानमन्त्रीले सार्वजनिक रूपमा आफ्नो भनाइ सच्याएर माफी माग्नुपर्ने माग राखेका छन्।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र कूटनीतिक सम्बन्धमा असर पार्ने भन्दै त्यसबारे स्पष्ट जवाफ नआएसम्म संसद्को अवरोध जारी रहने बताएका छन्।

यसअघि पनि लगातारका बैठकहरूमा विपक्षी दलहरूले यही विषयलाई लिएर विरोध जनाएका थिए। प्रधानमन्त्रीको स्पष्टीकरण र अभिव्यक्ति सच्याउने विषयमा सहमति नजुटेपछि प्रतिनिधिसभाको कामकारबाही प्रभावित हुँदै आएको छ।

संसद् सुचारु गराउने विषयमा दलहरूबीच छलफल जारी रहे पनि मंगलबारसम्म कुनै ठोस निष्कर्ष ननिस्किएको बताइएको छ।

Skip This