अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विरोधका लागि होइन, राष्ट्रिय स्वाभिमानका लागि संसद् अवरोध: सांसद थेबे

विरोधका लागि होइन, राष्ट्रिय स्वाभिमानका लागि संसद् अवरोध: सांसद थेबे


काठमाडौँ-नेकपा (एमाले)का सांसद क्षितिज थेबेले संसद्मा भइरहेको अवरोध विरोधका लागि मात्र नभई राष्ट्रियता र जनचासोका विषयमा जवाफदेहिता खोज्न गरिएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रियताको विषयमा अहिले आवाज नउठाए इतिहासले माफ नगर्ने बताए।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर एमालेसहितका प्रतिपक्षी दलहरूले निरन्तर जवाफ माग्दै संसद् अवरोध गर्दै आएका छन्।

सांसद थेबेले आर्थिक विधेयकमा भएको भनिएको हेरफेरको विषयलाई पनि गम्भीर रूपमा उठाउँदै संसद्को ध्यानाकर्षण गराए। संसद्मा दर्ता भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड गरिएको विधेयक फरक रहेको दाबी गर्दै उनले त्यसबारे छानबिन आवश्यक रहेको बताए।

‘यति धेरै ठूलो चलखेल भएछ, यसलाई नगदमै बदल्ने हो भने एउटा भरियाले बोक्न नसक्ने रहेछ, ठूलो ट्रक नै चाहिन्छ,’ सांसद थेबेले भने, ‘संसद्मा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेबसाइटमा अपलोड भएको आर्थिक विधेयक फरक छ। यस विषयलाई संसद्ले गम्भीर रूपमा लिनुपर्छ र अर्थमन्त्रीले नैतिक रूपमा यसको जिम्मेवारी लिनुपर्छ।’

सांसद थेबेले आर्थिक विधेयकमा देखिएको भनिएको विसंगतिबारे सत्यतथ्य बाहिर ल्याउन संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे। एमालेले प्रधानमन्त्रीको अभिव्यक्ति र आर्थिक विधेयकमा भएको भनिएको हेरफेरबारे स्पष्ट जवाफ तथा छानबिनको माग गर्दै आएको छ।

Skip This