अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन: हर्कराज राई

प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन: हर्कराज राई


काठमाडौँ-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति परराष्ट्रमन्त्रीले सच्याएर नहुने बताएका छन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्रीबाट भएको गल्तीको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने र संसद्को रोष्ट्रममा आएर स्पष्टिकरण दिनुपर्ने धारणा राखे।

‘प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर हुँदैन। उहाँको गल्ती आफैले संसद्को रोष्ट्रममा आएर सच्याउनुपर्छ,’ सांसद राईले भने।

राईले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने वा नहुने भन्ने प्रश्न अहिले उठेको उल्लेख गर्दै संसद्को गरिमा र जवाफदेहिताको सिद्धान्तलाई कमजोर बनाउन नहुने बताए। उनले प्रधानमन्त्रीले संसद्मा उपस्थित भई आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत गरे।

Skip This