अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्र गम्भीर संकटको भूमरीमा पर्‍यो: रामबहादुर थापा

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्र गम्भीर संकटको भूमरीमा पर्‍यो: रामबहादुर थापा


काठमाडौं-नेकपा एमालेका प्रतिनिधिसभा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले वर्तमान संकट दुईवटा घटनाबाट उत्पन्न भएको दाबी गरे। उनका अनुसार जेठ १७ गते प्रधानमन्त्री बालेन शाहले संसद्मा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिबाट संकटको सुरुआत भएको हो।

‘आज देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको छ। यो संकट दुईवटा परिघटनाबाट उत्पन्न भएको हाम्रो ठहर छ,’ नेता थापाले भने, ‘प्रधानमन्त्रीले भारतले नेपालको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनुभएको थियो। त्यसैबाट संकट उत्पन्न भएको हो।’

नेता थापाले उक्त अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणको एक दिनअघि आएको उल्लेख गर्दै त्यसपछि दिल्लीमा लामिछानेले व्यक्त गरेको ‘हामी विगतका बोझ लिएर अगाडि बढ्न चाहँदैनौं’ भन्ने भनाइले पनि थप विवाद र संकट सिर्जना गरेको बताए।

नेता थापाले यी घटनाले राष्ट्रिय हित र कूटनीतिक सम्बन्धमा गम्भीर प्रश्न उठाएको भन्दै सरकारलाई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे।

Skip This