अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको तस्वीर दुरुपयोग गरी भ्रम फैलाइएको भन्दै सांसद बरालको आपत्ति

अध्यक्ष ओलीको तस्वीर दुरुपयोग गरी भ्रम फैलाइएको भन्दै सांसद बरालको आपत्ति


काठमाडौं–नेकपा (एमाले) की सांसद यशोदा बराल ले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले ओलीको तस्वीर प्रयोग गरेर उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएको भन्ने भ्रामक सामग्री सामाजिक सञ्जालमा फैलाइएको बताइन्।

उनले यस्तो गतिविधिले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने भएकाले सम्बन्धित निकायले आवश्यक छानबिन र कारबाही गर्नुपर्ने धारणा व्यक्त गरिन्।

सांसद बरालले संसद्मा भनिन्, “पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीज्यूको फोटो दुरुपयोग गरेर उहाँलाई रास्वपाको सदस्यता लिएको भनेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। यसमा सरकार र सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउन चाहन्छु।”

उनले सामाजिक सञ्जालमा गलत सूचना र भ्रामक प्रचारप्रति सचेत रहन आग्रह गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताइन्।

Skip This