अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेटमाथि सत्तापक्षकै सांसद अमरेशकुमार सिंहका ८ कटाक्ष

बजेटमाथि सत्तापक्षकै सांसद अमरेशकुमार सिंहका ८ कटाक्ष


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले रास्वपाकै नेतृत्वको सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै सांसद सिंहले बजेट कार्यान्वयन हुने आधार आफूले नदेखेको बताए।

सांसद सिंहले भने, ‘युवालाई रोजगारी हामी दिन सकेनौँ भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखियो ? मैले बुझाउने क्षमता राख्दैन तर म व्यवहारिक क्षमता राखेको छु किनभने जनताको घरदैलोमा गइराख्नुपर्छ, गरिबको भान्सामा देख्नुपर्छ। गरिबले के पायो ? कर्मचारीले त पायो २१% पायो । तर, कर्मचारी कति प्रतिशत छ ?’

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि टिप्पणी गर्दै प्रतिनिधिसभा बैठकमा सांसद सिंहले आफू दक्षिण एसियाको राजनीतिको विद्यार्थीसमेत भएको भन्दै जीडीपीको ३२/३३ प्रतिशत कहीँ पनि बजेट नबनाउने भन्दै फुकिएको बेलुनको संज्ञा दिए। 

‘फुकिएको बजेट लामो समय टिक्दैन, त्यसकारण मलाई विश्वास छैन कि यो बजेट कार्यान्वयन हुन्छ,’उनले व्यङ्ग्य गर्दै भने– ‘बजेट कार्यान्वयन भएको भोलिपल्ट देश सिंगापुर हुन्छ, जापान हुन्छ, दुबई हुन्छ।  

बजेटबाट कति प्रतिशत खुसी भए ? बैंकर खुसी भए, बैंकमा रकम जम्मा भयो तर यो रकम व्यापार गर्ने माहौल नभएर थुप्रिएको हो। उनले भने, ‘बैंकर्स खुसी भयो भने बैङ्कमा त्यत्रो निक्षेप किन जम्मा भएको छ ? यहाँ आजको दिनमा व्यापार गर्ने वातावरण छैन । म संविधानको कुरा गर्न आएको किनभने म संविधानको हस्ताक्षरकर्ता हुँ। संविधानमा शिक्षा, स्वास्थ्य मौलिक अधिकार हो। त्यो मौलिक अधिकारमा ट्याक्स लगाउन पाउँदैन। त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, विद्यार्थीलाई लागेको छ।’

यी हुन् सत्तापक्षकै सांसद अमरेशका ८ कटाक्ष

  • डरले शासन चल्ला तर विकास हुँदैन । 
  • शिक्षा, स्वास्थ्य मौलिक हक हुन्, यसमाथि लगाइएको कर अस्वीकार्य छ ।
  • बूढानीलकण्ड विद्यालयमा पढेका विज्ञ अर्थमन्त्रीले त्यस्तै मोडलका मोडलका विद्यालय सातै प्रदेशमा खोल्न अर्थमन्त्रीले किन सक्नु भएन ?
  • किसानले ५ रुपैयाँमा बेचेको तरकारी उपभोक्तालाई ५० पर्छ, सरकारले किसानलाई ३० रुपैयाँ दिलाउन किन सक्दैन ?
  • बजेटले केही लाख कर्मचारीको तलब बढायो तर युवा रोजगारी बढाउने कार्यक्रम किन ल्याएन ? 
  • उत्पादन बढाउने कार्यक्रम सरकारले किन ल्याएन ?
  • घाटाको बजेट ऋण तिर्नमा खर्च गरेपछि विकास कहाँबाट गर्ने ?
  • कर्मचारीले २१ प्रतिशत बढेको तलब पाउने भए, गरिब जनताले के पाए ?

सिंहले बोल्दाबोल्दै समय सकिएर माइक अफ भएपछि उनी रोष्टमबाट बेन्च फर्किएका थिए ।

Skip This