अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेटमाथि हर्क साम्पाङको टिप्पणी: ‘खुट्टाको घाउ निको नपारी नयाँ जुत्ता लगाउन खोजेजस्तै छ’

बजेटमाथि हर्क साम्पाङको टिप्पणी: ‘खुट्टाको घाउ निको नपारी नयाँ जुत्ता लगाउन खोजेजस्तै छ’


काठमाडौं–श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क राई (साम्पाङ)ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई वास्तविक समस्या समाधानभन्दा बाहिर गएर तयार गरिएको भन्दै आलोचना गरेका छन्।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै सांसद साम्पाङले बालेन नेतृत्वको सरकारले ल्याएको बजेट खुट्टाको घाउ निको नपारी नयाँ जुत्ता लगाउन खोजेजस्तै भएको टिप्पणी गरे।

‘अहिले खुट्टामा घाउ छ, यसको उपचार नगरी नयाँ जुत्ता खोजियो,’सांसद साम्पाङले भने, ‘देशका आधारभूत समस्या समाधान नगरी अन्य विषयमा केन्द्रित बजेट ल्याइएको छ।’

सांसद साम्पाङले बजेटले जनताका प्राथमिक आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाए। उनले अझै पनि धेरै नागरिक खानेपानीको पहुँचबाट वञ्चित रहेको र पहाडी तथा विकट क्षेत्रहरूमा दूरसञ्चार सेवा प्रभावकारी नभएको उल्लेख गरे।

‘अहिले पनि धेरै ठाउँमा खानेपानीको समस्या छ, पहाडी विकट क्षेत्रमा टेलिकमको नेटवर्क टिप्दैन। यस्ता आधारभूत विषयले बजेटमा पर्याप्त प्राथमिकता पाएनन्,’ उनले संसदमा भने।

उनले बजेट निर्माण गर्दा काठमाडौं केन्द्रित सोच हाबी भएको भन्दै सरकारलाई व्यंग्य गर्दै काठमाडौं बाहिर पनि नेपाल रहेको कुरा नबिर्सन आग्रह गरे। साम्पाङले देशभरका नागरिकका आधारभूत आवश्यकता सम्बोधन हुने गरी बजेट कार्यान्वयनमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्।

Skip This