काठमाडौं-नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गर्दै ढिलाइ भए गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी दिएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले खेतीपातीको मुख्य समयमा समेत किसानले मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराका हुन्।
सांसद राईले जनताले सरकारमाथि विश्वास गरेर मत दिएको उल्लेख गर्दै कृषकलाई आवश्यक मल उपलब्ध गराउन नसक्नु जनताप्रतिको बेइमानी हुने बताए।
‘मल छैन, मल लिन कहाँ जाने हो रु यो सरकारले मल दिन्छ भनेर जनताले मत दिए। तर मल छैन। जनताप्रति बेइमानी गर्न हुँदैन। मल उपलब्ध गराइएन भने परिणाम गम्भीर हुन्छ,’ सांसद राईले भने।
सांसद राईले कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाका लागि किसानलाई आवश्यक मल तथा कृषि सामग्री सहज रूपमा उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्। उनले बाली लगाउने महत्वपूर्ण समयमा मल अभाव हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायलाई सक्रिय हुन आग्रह गरे।






प्रतिक्रिया