अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई एमाले सांसद राईको प्रश्न: बाँदर नियन्त्रणको बजेट खोइ ?

सरकारलाई एमाले सांसद राईको प्रश्न: बाँदर नियन्त्रणको बजेट खोइ ?


काठमाडौं-नेकपा एमालेका सांसद राजेन्द्र राईले बाँदर नियन्त्रणका लागि बजेट व्यवस्था नगरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद राईले कृषक र स्थानीयवासीले लामो समयदेखि बाँदर आतंकको समस्या भोग्दै आएको उल्लेख गर्दै यसको समाधानका लागि बजेटमा विशेष व्यवस्था हुनुपर्ने बताएका हुन्।

सांसद राईले सरकारले प्रस्तुत गरेको बजेटमा विकास निर्माणतर्फको बजेट अपेक्षाकृत कम रहेको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसद राईले पुराना राजनीतिक दलहरूले बजेटमा केही नयाँ काम गर्न नसकेको चर्चा गर्दै आफूलाई नयाँ भन्ने शक्तिहरूले भने बजेटमार्फत नवीनता र परिणाममुखी कार्यक्रम ल्याउनुपर्ने बताए।

सांसद राईले जनताका दैनिक समस्यासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। साथै, कृषि उत्पादन र ग्रामीण जनजीवनमा असर पारिरहेको बाँदर नियन्त्रणका लागि आवश्यक कार्यक्रम र बजेट व्यवस्था गर्न उनले माग गरे।

Skip This