अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं-मन्त्रीहरूको न्यून उपस्थितिका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि मन्त्रालयगत छलफल भइरहेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयसहित आठ मन्त्रालयको बजेटमाथि छलफल चलिरहेकै बेला सम्बन्धित मन्त्रीहरूको उपस्थिति नभएको विषय उठेको हो।

छलफलका क्रममा बैठकमा तीन जना मन्त्री मात्र उपस्थित रहेको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए। नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति जनाउँदै बजेटमाथिको छलफलका बेला सम्बन्धित मन्त्रीहरू उपस्थित हुनुपर्ने माग गरेका थिए।

सांसद शर्माको नियमापत्तिपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। मन्त्रीहरूको अनुपस्थितिबारे संसद्मा असन्तुष्टि व्यक्त भएपछि सभामुखले आवश्यक समन्वयका लागि बैठक स्थगनको घोषणा गरेका थिए।

Skip This