काठमाडौँ-श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा बेल घेराउ गरेका छन्। विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरुले बेल घेराउ गरेका हुन्।
बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल जारी छ।
छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका छन् । सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए ।
तर, उनलाई सभामुख डोलप्रसाद अर्यालले रोके। यद्यपि श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरेका हुन्।
साथै, सभाको मर्यादा पालना नगरेको भन्दै सभामुख अर्यालले उक्त पार्टीका सांसदहरुलाई सचेत गराएका छन्।






प्रतिक्रिया