अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ईभी काण्डमा संसदीय छानबिन समिति गठन गर्न एमाले सांसद पोखरेलको माग

ईभी काण्डमा संसदीय छानबिन समिति गठन गर्न एमाले सांसद पोखरेलको माग


काठमाडौँ-विपक्षी दल नेकपा एमालेले विद्युतीय सवारी (ईभी) आयातमा भएको कर छलीको विषयमा छानबिन समिति गठन गर्न माग गरेको छ। एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै बजेट निर्माणको पूर्व सन्ध्यामा कर छली गरेर भित्र्याइएका ईभी गाडीको विषयमा प्रश्न उठाएका हुन्।

सांसद पोखरेलले करका दरहरू हेरफेर गरी राज्यलाई नोक्सान पुर्‍याउने गरी गाडी भित्र्याइएको भन्दै यस विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरे । 

सांसद पोखरेलले भने– ‘ईभी काण्डमा संसदीय छानबिन हुनैपर्छ, अन्यथा एमालेले यस विषयलाई गम्भीरतापूर्वक लिनेछ।’

प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धमा सदनमा व्यक्त गरेको अभिव्यक्तिलाई ‘राष्ट्रघात’को संज्ञा दिए। 

सांसद पोखरेलले लिपुलेक,कालापानी र लिम्पियाधुरा लगायतका ३७२ वर्ग किलोमिटर नेपाली भूमि सुगौली सन्धि यताका सबै ऐतिहासिक नक्साहरूले नेपालकै प्रमाणित गरेको बताए । सांसद पोखरेलले भने- ‘सन् १८१६, १८१९, १८२१, १८२७ र १८५६ का नक्साहरूले यो भूमि नेपालकै हो भनेर देखाउँछन्। तर, प्रधानमन्त्रीले ‘हामीले पनि भारतको सीमा मिचेका छौँ’ भन्नु ३ करोड नेपालीको अपमान र राष्ट्रघात हो।’ उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तत्काल संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरे । 

सरकारका मन्त्रीहरूले संसद् र बाहिर व्यक्त गरेका अभिव्यक्तिहरूले सरकार कुन दिशामा जाँदैछ भन्ने प्रश्न उठाएको सांसद पोखरेलले बताए । उनले अर्थमन्त्रीको धम्कीपूर्ण भाषा र पूर्वाधार मन्त्रीले ‘ठेकेदारको खुट्टा भाँच्ने’ जस्ता अराजक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । ‘कर्मचारीहरूलाई आतङ्कित बनाउने, अपमान गर्ने र अपशब्द प्रयोग गर्ने गतिविधिहरू बढिरहेका छन् । यो लोकतान्त्रिक संस्कार होइन,’ पोखरेलले भने– ‘हामी २००७ साल, २०४६ साल र २०६२/६३ को आन्दोलन नेतृत्व गर्ने शक्ति हौँ, कुनै आयोगले बनाएको संविधान होइन यो, हामीले बनाएको हो। त्यसैले सरकारको सनकको भरमा देश चल्न सक्दैन।’

Skip This