काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र पदाधिकारीहरूलाई नियन्त्रणमा लिएर दबाब दिएको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पत्रकार सीताराम बरालको ‘फेसबुक लाइभ’ मार्फत सार्वजनिक भएको विषयलाई उद्धृत गर्दै यस्तो गम्भीर आरोप लगाएका हुन्।
सांसद केरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र अन्य पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयभित्रै थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको दाबी गरे ।
‘संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालयको कोठाभित्रै थुन्ने र धम्कीका साथ पक्राउ पुर्जी जारी गर्न लगाइएको विषय बाहिर आएको छ,’ केरुङले भने, ‘यदि यो साँचो हो भने यो लोकतन्त्र र सुशासनको नाममा लज्जास्पद हर्कत हो।’
उनले यस विषयमा सत्य तथ्य पत्ता लगाउन तत्काल ‘संसदीय छानबिन समिति’ गठन गर्न माग गरे ।






प्रतिक्रिया