काठमाडौँ-नेकपाका सांसद रमेश मल्लले संसदमा प्रतिपक्षले खेलेको रचनात्मक भूमिकालाई कमजोरी नठान्न चेतावनी दिएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने भन्दै यसमा प्रतिपक्षले उठाएको आवाजको नजरअन्दाज गर्न नमिल्ने बताए ।
साथै, उनले प्रधानमन्त्री कार्यालयमा कोही मानिसलाई बोलाएर बयान लिइएको तथा पक्राउ गरिएको भन्दै प्रधानमन्त्रीको कार्यालय त्यस्तो काम गर्ने ठाउँ नभएको बताए । उनले यस्ता घटनाबाट लोकतन्त्र र संविधानकै चीरहरण हुन सक्नेतर्फ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
‘संवैधानिक आयोगका पदाधिकारीलाई बोलाएर जबरजस्ती थुनछेक गरिएको छ भने छानबिन गरियोस् र दोषीमाथि कारबाही गरियोस्’, मल्लको भनाइ छ ।






प्रतिक्रिया