अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसद महरको मन्त्री लम्साललाई प्रश्न– ठेकेदारको दाहिने कि देब्रे खुट्टा भाँच्ने ?

एमाले सांसद महरको मन्त्री लम्साललाई प्रश्न– ठेकेदारको दाहिने कि देब्रे खुट्टा भाँच्ने ?


काठमाडौं-नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नुपर्ने अभिव्यक्ति दिएका पूर्वाधार विकासमन्त्रीको भनाइप्रति सरकारसँग जवाफ माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै सांसद महरले केही दिनअघि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन्।

उनले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन’ दिएको भनाइ उल्लेख गर्दै सरकारका मन्त्रीले सार्वजनिक रूपमा यस्ता अभिव्यक्ति दिनु कानुनसम्मत थियो वा थिएन ? भन्दै स्पष्ट जवाफ दिन आग्रह गरे।

उनले प्रश्न गर्दै भने, ‘माननीय मन्त्रीज्यूले ठेकेदारको खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो। त्यो कानुनबमोजिम थियो कि थिएन? कुन खुट्टा भाँच्ने हो, दाहिने कि देब्रे? त्यो पनि स्पष्ट भएन। मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइन? ठेकेदारलाई मन्त्रालयमै बोलाएर धाकधम्की दिने, गाली गलौच गर्ने र थर्काउने कुरा कानुन बमोजिम थियो कि थिएन ?’

सांसद महरले विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारमाथि कानुनअनुसार कारबाही हुनुपर्ने भए पनि हिंसात्मक अभिव्यक्तिले गलत सन्देश जाने बताए। उनले सरकारका जिम्मेवार पदाधिकारीले बोल्दा संयमित र उत्तरदायी हुनुपर्नेमा जोड दिए।

उनले सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि पनि असन्तुष्टि जनाए। दुर्गम तथा पिछडिएका क्षेत्रमा भौतिक पूर्वाधार विकासका लागि पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाए।

Skip This