अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीलाई हर्क साम्पाङको प्रश्न– सामाजिक सञ्जालमा गालीलाई सरकारले के कारबाही गर्छ ?

गृहमन्त्रीलाई हर्क साम्पाङको प्रश्न– सामाजिक सञ्जालमा गालीलाई सरकारले के कारबाही गर्छ ?


काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईले सामाजिक सञ्जालमा गालीगलौज गर्ने वा चरित्र हत्या गर्नेलाई सरकारले के कारबाही गर्छ भन्ने प्रश्न सोधेका छन्।

बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेट विनियोजनमामाथि मन्त्रालयगत रूपमा भएको छलफलमा गृहमन्त्री सुधन गुरुङको जवाफमा स्पष्टीकरण माग गर्ने क्रममा उनले सो प्रश्न सोधेका हुन्। 

‘सामाजिक सञ्जालमा गालीगलौज गर्ने वा चरित्र हत्या गर्नेलाई सरकारले के कारबाही गर्छ ? अनलाइनमा यति मुख छोड्छन् त्यस बारेमा पनि यहाँहरूले ध्यान दिनुहोला,’ सांसद राईले भने। 

Skip This