अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री गुरुङ रोस्ट्रममै हाँसेपछि संसदमा हाँसोको फोहोरा

गृहमन्त्री गुरुङ रोस्ट्रममै हाँसेपछि संसदमा हाँसोको फोहोरा


काठमाडौँ-प्रतिनिधिसभा बैठकमा आज मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री सुधन गुरुङ रोस्ट्रममा पुग्दा केहीबेर संसदको माहोल नै रमाइलो बनेको छ।

जवाफ दिने क्रममा रोस्ट्रममै पुगेका मन्त्री गुरुङले पानी पिएपछि प्रतिक्रिया दिने क्रममा ‘पानी खाए जिस्काउला फेरि, पानी त खान पाइन्छ नि ? हामीलाई पानी बाँड्ने मान्छे भन्छन्’ भन्ने टिप्पणी गरेपछि उनी आफैँ हाँस्न थालेका थिए। त्यसपछि केही समय गृहमन्त्री गुरुङ खित्का छाडेर हाँसेका कारण सदनभित्र पनि हाँसोको माहोल बनेको थियो।

जवाफ दिने क्रममा पुनः अघि बढ्दा पनि उनको हाँसो रोकिएको थिएन। बीचबीचमा रोकिँदै उनी पुनः पढ्न खोज्दा फेरि हाँसो छुटेपछि केही समय सदनको वातावरण हल्का बनेको देखिएको थियो।

गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा गृहमन्त्री गुरुङ पानी बाँड्न गएको विषयमा सामाजिक सञ्जालमा चर्चा भएको थियो । सोही प्रसंगलाई लिएर उनले आफूहरू आन्दोलनमा पानी बाँड्न गएको तर कुनै पनि तोडफोड वा हिंसात्मक गतिविधिमा संलग्न नभएको स्पष्ट पार्दै आएका छन्।

Skip This