अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ-सोमबार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो। 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ तोकिएको छ। 
अघिल्लो दिन अर्थात् असार ७ गते सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि केही बढोत्तरी भएको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको थियो। 

यस्तै १० ग्राम चाँदीको मूल्य आज ४ हजार ०५५ रुपैयाँ कायम भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रूपमा स्थानीय बजार मूल्य निर्धारण गर्दै आएको छ।

Skip This