काठमाडौं-संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर आइतबार लागि सारिएको छ।
शुक्रबार दिउँसो बस्ने तय भएको बैठक रास्वपाका सांसदहरू महाधिवेशनमा व्यस्त रहेको जनाउँदै समय परिवर्तन गर्न आग्रह गरेपछि पुनः स्थगित गरिएको हो। यसअघि पनि बैठक दुई पटक सूचना टाँसेर सारिएको थियो।
यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष कारणवश उक्त समयमा बैठक बस्न नसक्ने भएपछि बैठक आइतबारका लागि सारिएको हो।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले अब प्रतिनिधि सभाको बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी नयाँ मिति निर्धारण गरेका हुन्।
यसअघि सभामुख डोल प्रसाद अर्यालले रास्वपा महाधिवेशनका कारण बैठक शनिबारका लागि सारेका थिए। तर शनिबार पनि विपक्षी दलका विभिन्न कार्यक्रम हुने भएकोले आइतबारका लागि बैठक बोलाइएको हो।







प्रतिक्रिया