काठमाडौँ–श्रम संस्कृतिका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र (बालेन शाह)ले सीमा सम्बन्धी दिएको राष्ट्रघाती अभिव्यक्ति कसरी राष्ट्रको हितमा थियो ? भनेर प्रश्न गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूहरूले प्रमको उक्त अभिव्यक्ति विरोधका लागि विरोध मात्र नगरेको बताए ।
‘के प्रधानमन्त्रीले बोलेको उक्त अभिव्यक्ति राष्ट्रको हितमा थियो ?’, प्रश्न गर्दै राईले भने, ‘थियो भने रेकर्डबाट नहटाइयोस् र राष्ट्रघाती भए तुरुन्त हटाइयोस् ।’ उनले पार्टी भन्दा ठुलो देश भएको भन्दै संसदमा जवाफ मागिरहेका बेला प्रधानमन्त्रीले चितवनतिर गएर स्पष्टीकरण दिने होइन भने।
साथै उनले फिफा र एन्फालाई निलम्बन गरेको घटनाले हजारौँ खेलाडीको भविष्यमा असर परेको भन्दै निलम्बन फुकुवाका लागि सरकारले पहल गर्नुपर्ने बताए ।






प्रतिक्रिया