काठमाडौं–नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न सचेत गराएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिएकी हुन्।
सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको टिप्पणी गर्दै उनले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह गरिन्।
१२ कक्षाको परीक्षाफलमा गम्भीर त्रुटि देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग उनले माग गरिन् ।
सरकारले करिब ३० दिनभित्रै नतिजा सार्वजनिक गर्नुलाई उपलब्धिका रूपमा व्याख्या गरे पनि सो निर्णय प्रत्युत्पादक बनेको उनको तर्क थियो ।
उनले माइतीघर मण्डलामा न्याय माग्दै आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यबद्धता समेत व्यक्त गरिन् ।
सदनमार्फत शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद गुरुङले नतिजा प्रकाशनमा भएको लापरवाहीबारे उच्चस्तरीय र निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरिन् ।






प्रतिक्रिया