काठमाडौं-सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’ सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
हिजोदेखि सुरु भएको उक्त अभिमुखीकरण कार्यक्रम आज सम्पन्न हुँदैछ। कार्यक्रम सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिम सभाहलमा आयोजना गरिएको सचिवालयले जनाएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरूलाई संसद्को कार्यप्रणाली, विधेयक निर्माण प्रक्रिया, संसदीय अभ्यास, बैठक सञ्चालन, सांसदको भूमिका तथा जिम्मेवारीलगायत विषयमा जानकारी गराइँदै छ।
संसदीय अभ्यासलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन तथा सांसदहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सचिवालयले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा प्रतिनिधिसभाका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको छ।









प्रतिक्रिया