काठमाडौं – शेयर बजार आज सातौं कारोबारको दिन पनि घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४.६३ अंकले घटेर २६ सय ८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ।
त्यस्तै, आज कारोबारमा आएका ३५१ कम्पनीमध्ये ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घट्ेसँगै ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । आज दिनभरमा जम्मा ३ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै ८७ लाख ३७ हजार कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १३ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, ट्रक्सार पिखुवा खोलाको ११ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यससँगै, आज स्नो रिभर्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १३.०४ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा बढी ट्रक्सार पिखुवा खोलाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.०३ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले ८.२३ प्रतिशतका दरले गुमाएका छन्।






प्रतिक्रिया