अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुस्ता र कालापानी नेपालकै हो: परराष्ट्रमन्त्री खनाल

सुस्ता र कालापानी नेपालकै हो: परराष्ट्रमन्त्री खनाल


काठमाडौँ-परराष्ट्रमन्त्री शिशिर खनालले सुस्ता र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग रहेको कुरामा सरकार प्रस्ट रहेको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले सुस्तामा नारायणी नदीको तटबन्ध निर्माणमा भारतीय सीमा सुरक्षा बलले पुर्‍याएको अवरोध र सीमा विवाद समाधानका योजनाबारे गरेको प्रश्नमा परराष्ट्रमन्त्री खनालले त्यस्तो बताएका हुन्।

सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्साङ्कन उनले बताए।  खनालले भने, ‘नेपाल र भारतबिच १८१६ को सुगौली सन्धिले नै सीमा निर्देशित गरेको छ । सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी छ।’

सुस्ताको तटबन्ध निर्माणमा भारतीय पक्षले आपसी समन्वय गरेर मात्र काम अघि बढाउन आग्रह गरेको र सोही कारण केही समय काम रोकिएको मन्त्री खनालले स्वीकारे ।  ‘हामी प्रस्ट छौँ कि ती भूभागहरू नेपालका हुन् र हामीसँग यसका ऐतिहासिक प्रमाण, नक्सा र आधारहरू छन्,’ मन्त्री खनालले भने, ‘सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ ।’

मन्त्री खनालले राष्ट्रिय हित र सार्वभौमिकताको रक्षाका लागि सरकार सचेत रहेको र छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित तवरले अघि बढाइने बताए ।

Skip This