अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य एकैदिन ६ हजार २ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य एकैदिन ६ हजार २ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं-नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार २०० रुपैयाँले बढ्दै २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने एक साताअघि बिहीबार यसको मूल्य २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम रहेको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १८० रुपैयाँले बढ्दै ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । 

Skip This