अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पीडित बचतकर्ताको हित हुने गरी सहकारी विधेयक अघि बढाउन पद्मा अर्यालको माग

पीडित बचतकर्ताको हित हुने गरी सहकारी विधेयक अघि बढाउन पद्मा अर्यालको माग


काठमाडौं-प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले पीडित वचतकर्ताको हित हुने गरी सहकारी विधेयक अगाडि बढाउन सरकारसँग माग गरेकी छिन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सहकारी (पहिलो संशोधन) विधेयकमाथिको दफावार छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले सहकारी संस्थाको रकम आफन्तको नाममा राखिएको मात्र आधारमा सञ्चालकलाई कारबाही नगरी संलग्नता स्पष्ट प्रमाणित भएपछि मात्रै कानूनी कारबाही गर्नुपर्ने व्यवस्था गर्नुपर्ने समेत बताइन्।

अर्यालले सहकारी संस्थाका सञ्चालक वा कर्मचारीले पदीय पहुँचको दुरुपयोग गर्दै बचतकर्ताको रकम अन्यत्र हस्तान्तरण गर्ने तथा सम्पत्ति ओझेल पार्ने प्रवृत्ति देखिएको समेत बताइन्। यस्तो प्रवृत्ति रोक्न घटनामा संलग्नता पुष्टि भएपनि आफन्त वा नातेदारलाई समेत कारबाही गर्न सकिने व्यवस्था गर्न उनको आग्रह छ।

उनले भनिन्,  ‘परिवार वा निजका आफन्तहरूको हकमा संस्थाको रकम उनीहरूको नाममा राखिएको वा उनीहरूको संलग्नता पहिले स्पष्ट रुपमा प्रमाणित भएपछि मात्र कारबाही गर्न सकिने व्यवस्था गर्नुपर्छ। निर्दोष  व्यक्तिको अधिकार संरक्षण र पीडित बचतकर्ताको हित दुवैको दृष्टिकोणले उचित र अपरिहार्य हुन्छ।’

अर्यालले विधेयकमा त्रुटीहरू हटाई सहकारी क्षेत्रमा विद्यमान समस्या हल गर्नेगरी विधेयकलाई समृद्ध बनाउनुपर्ने बताइन्।

Skip This