काठमाडौँ-प्रतिनिधिसभा बैठकमा सांसदहरूले कर्णाली प्रदेशमा भइरहेका सडक दुर्घटनाका कारण नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै दुर्घटना न्यूनीकरण र प्रभावकारी उद्धार व्यवस्थाका लागि सरकारलाई आवश्यक निर्देशन (रुलिङ) गर्न सभामुखसँग आग्रह गरेका छन्।
बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही, नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा तथा नेकपा एमालेकी सांसद एसुदा बरालले कर्णालीमा सडक दुर्घटनापछि घाइतेले समयमै उद्धार नपाउने अवस्था गम्भीर रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनीहरूले केही दिनअघि यात्रुवाहक फोर्स गाडी दुर्घटनामा परेका घाइतेहरूले लामो समयसम्म गुहार माग्दासमेत समयमै उद्धार नपाएको घटनाको उल्लेख गर्दै यस्तो अवस्था दोहोरिन नदिन प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने बताए।
सांसदहरूले कर्णालीका सडकको स्तरोन्नति, सुरक्षित यातायात पूर्वाधारको विकास तथा दुर्घटनामा घाइते भएकाको तत्काल उद्धार र उपचार सुनिश्चित गर्ने व्यवस्था गर्न सरकारलाई सभामुखमार्फत रुलिङ गर्न माग गरेका छन्।






प्रतिक्रिया