अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


काठमाडौं-सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले सांसदहरूले विशेष र शून्य समयमा उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक जवाफ दिन निर्देशन दिएका हुन्।

बैठकमा सभामुख अर्यालले बाढी, पहिरो तथा डुवानका कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारीबारे संसद्लाई जानकारी गराउन सरकारलाई निर्देश गरे।

‘बाढी, पहिरो र डुवानको समस्याबाट हुनसक्ने जोखिम तथा क्षतिलाई न्यूनीकरण गर्न विपद् व्यवस्थापनको पूर्वतयारीका सम्बन्धमा जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्छु,’ सभामुख अर्यालले भने।

वर्षायाम सुरु भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुवानको जोखिम बढिरहेको सन्दर्भमा सभामुखको उक्त रुलिङ आएको हो। उनले प्राकृतिक विपद्को सामना गर्न आवश्यक तयारी, उद्धार तथा राहत व्यवस्थाबारे संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

Skip This