अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 


काठमाडौँ-प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

बुधबारको संसद् बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरे । त्यसपछि सभामुख अर्यालले नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारलाई बोल्न समय दिए । गच्छदारले बोलेपछि एमाले सांसद राईलाई बोल्न दिए । राईले आफ्नो धारणा राख्ने क्रममा सभामुख अर्याललाई कान सुन्नुहुन्छ कि सुन्नुहुन्न भनेर प्रश्न गरे ।  

राईले आफ्नो भनाइको सुरुमै ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?’ भने । त्यसपछि सभामुख अर्यालले उनलाई बोल्नबाट रोके । त्यसपछि सभामुख अर्यालले माननीय सदस्य आफ्नो भनाइ मर्यादामा रहेर भन्नुहोला भन्दै चेतावनी दिए । त्यतिमा उनी रोकिएनन् । सभामुखले अगाडि भने, ‘सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभामुखको अपहलेना गर्दै हुनुहुन्छ।’

अनि राईलाई बोल्न नदिएर अर्का सांसद परशुराम तामाङलाई समय दिए । त्यो बेला एमालेका सांसदहरू उठेर विरोध गरे । त्यसपछि  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टिका सङ्ग्रौलाले नियमापत्ति जनाइन् । नियमापत्तिमा संग्रौलालले प्रतिनिधिसभाको बैठकमा सभामुखको मानमर्दन हुने गरी सदनमा बोलिएका शब्दहरू रेकर्डबाट हटाउन माग गरिन् । 

Skip This