अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई सांसद बरालको प्रश्न- सुकुमबासी जनता हुन् कि होइनन् ?

सरकारलाई सांसद बरालको प्रश्न- सुकुमबासी जनता हुन् कि होइनन् ?


काठमाडौँ-नेकपा एमालेकी सांसद यसुदाकुमारी बरालले सुकुमबासी जनता हुन् कि होइनन् भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन्। 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले सरकारले सुकुमबासीलाई गरेको व्यवहारप्रति कटाक्ष गर्दै यस्तो प्रश्न गरेकी हुन् । 

‘सुकुमबासी जनता हुन् कि होइनन् ? उहाँहरूले बाच्न पाउने कि नपाउने ? र उहाँहरूलाई २५ हजार रकम हातमा थमाएर सडकमा धकेल्दा मानवअधिकार हनन् हुन्छ कि हुँदैन ?’, बरालको प्रश्न छ । 

उनले गरिबका आँसु महँगो हुने भन्दै उनले साझा यातायातको रङ फेरेर देशभर चलाउने हो कि फेसबुकका भित्ता रंग्याउनमात्र प्रचार गरिएको हो भन्दै प्रश्न गरिन् ।

Skip This