अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखलाई एमालेको प्रश्न- नियमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो ?

सभामुखलाई एमालेको प्रश्न- नियमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो ?


काठमाडौं-नेकपा एमालेले सरकार निरङ्कुशता शैलीमा अघि बढेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सांसद यशोदाकुमारी बरालले यस्तो आरोप लगाएकी हुन्।

सांसद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा ४० दिनदेखि आवाज उठाउँदा समेत सभामुखले रुलिङ नगरेको भन्दै असन्तुष्टि जनाइन्।

बैठकमा १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा सभामुख डीपी अर्यालबाट रुलिङ नभएपछि सांसद बरालले असन्तुष्टि जनाएको हो । 

‘४० दिन अगाडि संसदको प्रधानमन्त्रीले दिएको अभिव्यक्ति न संसदको रेकर्डबाट हटाइएको छ, न रुलिङ गरिएको छ न क्षमायाचना गरिएको छ । यो विषयवस्तु संसदले कहिले हटाउँछ ?,’ उनले भनिन्, ‘नियमावली प्रतिपक्षलाई मात्र बनाइएको हो ? यदि होइन भने सत्तापक्षका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई रुलिङ हुँदैन । दस्तावेजमा एउटा शब्द लेखिदिनुस् यो प्रतिपक्षको लागि मात्र हो । सत्तापक्षको लागि होइन भनेर होइन भने यो विषयमा रुलिङ गरिदिनुस् ।’

उनले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्चाउनको लागि रुलिङ गर्न सभामुखसँग माग गरिन्।

Skip This