काठमाडौँ-सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१–०८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१–०८२ र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१–०८२ पेस गर्ने कार्यसूची रहेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि सम्बन्धी सदनमा छलफल तथा अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धीमाथि सामान्य छलफल तथा अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ।







प्रतिक्रिया