अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारमाथि आलोचना चुलिएपछि रविसँगै संसद पुगे प्रधानमन्त्री बालेन

सरकारमाथि आलोचना चुलिएपछि रविसँगै संसद पुगे प्रधानमन्त्री बालेन


काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेलामा सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन उपस्थित भएका हुन्।

२०८३ जेठ १७ गते सांसदका प्रश्नको जवाफ दिने बेलामा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको बताएका थिए । त्यो भनाइको सत्यता सदनमा पेस गर्नुपर्ने नभए माफी माग्नुपर्ने सांसदहरूको माग छ ।

पछिल्लाे समय सांसदहरूले सरकारका गतिविधिबारे प्रश्न उठाइरहेका छन्। सुकुम्बासीलाई गरिएकाे व्यवस्थापनमा सरकारपक्षले गरेकाे हेलचेक्याइँकाे विषय पेचिलाे बन्दै जाँदा संसदमा समेत उक्त विषयले प्राथमिकता पाएकाे देखिन्छ । सम्भवत प्रधानमन्त्री शाहले आज संसदमा उठेका प्रश्नकाे जवाफ दिनेछन्।

Skip This