अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री शाह

प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री शाह


काठमाडौँ-प्रतिनिधिसभा बैठकमा करिब २० मिनेट बसेर प्रधानमन्त्री बालेन शाह बाहिरिएका छन् । उनीसँगै सदनमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बाहिरिएका छन्। 

प्रधानमन्त्री शाह र सभापति लामिछाने  बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरी करिब २० मिनेट बसेर बाहिरिएका हुन् । 

विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेलामा सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन उपस्थित भएका थिए । तर उनी जवाफ नदिई बाहिरिएका हुन् । 

संसद् बैठकमा प्रवेश गर्नुअघि प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग करिब पाँच मिनेट छलफल गरेका थिए।

गत जेठ १७ गते सांसदका प्रश्नको जवाफ दिने बेलामा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको बताएका थिए । त्यो भनाइको सत्यता सदनमा पेस गर्नुपर्ने नभए माफी माग्नुपर्ने सांसदहरूको माग छ । आजको बैठकमा प्रधानमन्त्री उपस्थित भएपछि जवाफ दिने आकलन गरिए पनि नदिई बाहिरिएका हुन् ।

Skip This