अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव पोखरेलको टिप्पणी: नयाँ सरकारसँगै सेयर बजार ओरालो

एमाले महासचिव पोखरेलको टिप्पणी: नयाँ सरकारसँगै सेयर बजार ओरालो


काठमाडौंनेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सेयर बजार निरन्तर ओरालो लागिरहेको विषयलाई लिएर सरकारको व्याख्याप्रति असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले नयाँ सरकार गठन भएयता सेयर बजार लगातार घटिरहेको उल्लेख गर्दै सरकारले यसलाई सम्पत्ति शुद्धीकरणको प्रक्रिया अघि बढेकाले देखिएको ‘अस्थायी प्रभाव’का रूपमा व्याख्या गर्नु वास्तविकताभन्दा टाढाको दाबी भएको बताएका छन्।

महासचिव पोखरेलले सामाजिक सञ्जाल भनेका छन्, ‘नयाँ सरकार गठन भएसँगै सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। सरकारले यसलाई सम्पत्ति शुद्धीकरणको प्रक्रिया अघि बढेका कारण सिर्जित ‘अस्थायी प्रभाव’ भन्दै पन्छाउने कोसिस गरिरहेको छ। तर, वास्तविकता योभन्दा निकै फरक र गम्भीर छ।’

महासचिव पोखरेलले २०८२ भदौ २३ र २४ गते भएका विध्वंसात्मक घटनापछि उत्पन्न राजनीतिक अस्थिरताले मुलुकको औद्योगिक तथा व्यावसायिक वातावरण थप कमजोर बनेको दाबी गरेका छन्। उद्योगी तथा व्यवसायीमा असुरक्षाको भावना बढेको छ भने बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि नयाँ लगानी आकर्षित हुन नसकेको महासचिव पोखरलेले दाबी गरेका छन्।

‘२०८२ भाद्र २३ र २४ को विध्वंसात्मक घटना र त्यसपछिको राजनीतिक अस्थिरताले देशको औद्योगिक वातावरण थप खस्किएको छ। उद्योगी र व्यवसायीहरूमा चरम त्रास फैलिएको छ भने बैंकिङ क्षेत्रमा पर्याप्त तरलता (लगानीयोग्य रकम) हुँदाहुँदै पनि नयाँ लगानी भित्रिन सकेको छैन। यही चौतर्फी आर्थिक मन्दी र अविश्वास नै सेयर बजार खस्किनुको मुख्य कारण हो’ महासचिव पोखरेलले भनेका छन्।

महासचिव पोखरेलले अर्थतन्त्रको आधारभूत सुधारबिना सेयर बजारमा दिगो सुधार सम्भव नहुने बताएका छन्। उनले अर्थतन्त्रको जग बलियो नबनाई, उद्योग–व्यवसाय फस्टाउने सुरक्षित वातावरण सिर्जना नगरी तथा नयाँ लगानी आकर्षित गर्ने नीति नल्याई सेयर बजारमा सुधार आउने अपेक्षा गर्नु भ्रम मात्र हुने बताएका छन्।

महासचिव पोखरेलले अर्थतन्त्रको आधारभूत सुधार, उद्योग–व्यवसायका लागि सुरक्षित वातावरण र नयाँ लगानीमैत्री नीति निर्माण नगरी सेयर बजारमा सुधार आउने अपेक्षा गर्नु भ्रम मात्र हुने टिप्पणी गरेका छन्।

महासचिव पोखरेलले बजार राजनीतिक दाबी वा भाषणले नभई ठोस आर्थिक नीति, लगानीकर्ताको विश्वास र स्थिर आर्थिक वातावरणका आधारमा चल्ने भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

महासचिव पोखरेलले सरकारको आर्थिक नीतिप्रति व्यंग्य गर्दै, ‘जबसम्म अर्थतन्त्रको जगमा सुधार हुँदैन, उद्योग–व्यवसाय फस्टाउने सुरक्षित वातावरण बन्दैन र नयाँ लगानीको वातावरण निर्माण गरिँदैन, तबसम्म सेयर बजारमा सुधार आउँछ भन्नु केवल आत्मरति र भ्रम मात्र हो। बजार कोरा गफ वा राजनीतिक दाबीले होइन, ठोस आर्थिक नीति र लगानीकर्ताको विश्वासले मात्र चल्छ भन्ने कुरा हाम्रा ‘विज्ञ’ अर्थमन्त्रीले कहिले बुझ्ने ?’ भन्ने टिप्पणी गरेका छन्।

Skip This