काठमाडौँ-प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले दुई साताका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन्। प्रतिनिधि सभाको अर्को बैठक आउँदो साउन १४ गते बिहान ११ बजे बस्नेछ।
सरकारले संसद्लाई बिजनेस नदिएपछि प्रतिनिधि सभाको बैठक दुई साता स्थगित गरिएको हो। बुधबार प्रतिनिधि सभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दुई साता स्थगित गर्ने सहमति बनेको थियो।






प्रतिक्रिया