काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेर बजार २६ सयको बिन्दुबाट उकालो लाग्दै २७ सय १९ दशमलव २४ को विन्दुमा बन्द भएको छ। आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ५ शेयर मूल्य भने स्थिर देखिएको छ।
आज दिनभरिमा कारोबारमा आएका ३४३ कम्पनीको १ करोड २२ लाख कित्ता शेयर किनबेच भएको छ भने ५ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी आँखु खोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २९ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनीङ मिल्सको २४ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९७ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै रिज लाइन इनर्जीका लगानीकर्ताले १४.६४ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा बढी गुमाउनेमा आत्मानिर्भर लघुवित्तका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.८६ प्रतिशतका दरले गुमाएका हुन् ।
आज म्युचुअल फण्ड बाहेका सबै इन्डेक्सहरु हरियाली देखिएका छन्। आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन क्षेत्रमा वृद्धि देखिएको छ । आज यस क्षेत्र ३.२१ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक तर्फ १.४८ प्रतिशत, वाणिज्य बैंकतर्फ ०.५५ प्रतिशतको वृद्धि देखिएको छ।






प्रतिक्रिया