अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेप्सेमा ४.६४ अंकको गिरावट आउँदा बजार २६ सयको बिन्दुमा झर्याे

नेप्सेमा ४.६४ अंकको गिरावट आउँदा बजार २६ सयको बिन्दुमा झर्याे


काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.६४ अंकले घट्दा बजार २७ सयको बिन्दुबाट ओरालो लागेर २६ सय ९६ को दशमलव ६७ को बिन्दुमा झरेको छ।

आज ३४२ कम्पनीको १ करोड ४ लाख कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ४२ करोडको बिन्दुमा झरेको छ। आज सबैभन्दा बढी सेन्ट्ररल फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २७ अर्ब १४ करोड रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, रिडी पावरको २१ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, लक्ष्मी उन्नती कोषका लगानीकर्ताले ९.१० प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा बढी कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले कमाएका हुन् ।

Skip This