अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत


काठमाडौं-चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि रु.६ अर्ब ५५ करोड २५ लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित रु.५ अर्ब ९९ करोड २१ लाख र आयोगको आन्तरिक स्रोतबाट रु.५६ करोड ४ लाख ९८ हजार गरी कुल रु.६ अर्ब ५५ करोड २५ लाख ९८ हजारको कार्यक्रम तथा बजेट अनुमोदन गरेको हो।

बैठकले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको रु.९९ करोड ८५ लाख ९६ हजार २६७ तथा चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित रु.३५ करोडसमेत गरी कुल रु.१ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ मध्ये चालु आवका लागि रु.५६ करोड ४ लाख ९८ हजार खर्च गर्ने निर्णय गरेको जनाएको छ।

आयोगका अनुसार स्वीकृत आन्तरिक बजेटमध्ये चालुतर्फ रु.४७ करोड ४२ लाख ९८ हजार र पुँजीगततर्फ रु.८ करोड ६२ लाख विनियोजन गरिएको छ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री तथा सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइराला लगायत सहभागी थिए।