अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेप्सेमा ७.७९ अंकको गिरावट आउदा कारोबार रकम समेत घट्यो

नेप्सेमा ७.७९ अंकको गिरावट आउदा कारोबार रकम समेत घट्यो


काठमाडौंऔआज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.७९ अंकले घटेर बजार २६ सय ८८ दशमलव ८८ को बिन्दुमा बन्द भएको हो। आज ३४३ कम्पनीको ९७ लाख ३९ हजार कित्ता शेयर किनबेच भएको छ। यससँगै ४ अर्ब ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर घटेको छ। त्यससँगै ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज सबैभन्दा बढी हिमालयन पावर पार्टनरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २२ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, खानीखोला हाइड्रोपावरको २१ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, स्नो रिभर्सका लगानीकर्ताले ४.९० प्रतिशतका दरले कमाएका छन्। त्यससँगै, आज सबैभन्दा बढी गरिमा समृद्धि योजनाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.६० प्रतिशतका दरले गुमाएका हुन्।