अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरी घटनामा प्रचण्डको प्रश्न- सुरक्षाकर्मीले गोली चलाउनै पर्ने अवस्था थियो ?

सुनसरी घटनामा प्रचण्डको प्रश्न- सुरक्षाकर्मीले गोली चलाउनै पर्ने अवस्था थियो ?


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्ज घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै उनले नागरिकहरूबीच नै द्वन्द्व हुने अवस्था कसरी आयोग भनेर प्रश्न गरेका हुन्।

प्रचण्ड भने, ‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुखद घटनासम्म पुग्यो, यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ। यो घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो ? के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन ?’