काठमाडौँ-राष्ट्रिय सभाको बैठक साउन १८ गतेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक यही साउन १८ गते सोमबार दिउँसो १ः१५ बजे बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका हुन्।
बैठकको प्रारम्भमा पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय सभाका पूर्वसदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गरिएको थियो। सभाले उक्त शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
त्यसैगरी, बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय सभा सदस्यहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिएका थिए। सांसदहरूले शिक्षा तथा खेलकुद क्षेत्रसँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए भने मन्त्री पोखरेलले त्यसबारे सरकारको धारणा र योजनाबारे जानकारी गराएका थिए।
बैठकका कार्यसूची सम्पन्न भएपछि अध्यक्ष दाहालले राष्ट्रिय सभाको अर्को बैठक साउन १८ गते बस्ने जानकारी दिँदै सभा स्थगित गरेका हुन्।


प्रतिक्रिया