अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घट्याे सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्याे सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ८०० र चाँदी ४५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ र चाँदी ४ हजार ३६० रुपैयाँ कायम भएको थियो । बिहीबार एक तोला सुन २ लाख ८४ हजार र चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।