अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा बैठक साउन २१ गते बस्ने

राष्ट्रिय सभा बैठक साउन २१ गते बस्ने


काठमाडौं-राष्ट्रिय सभाको बैठक विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू पेस गर्दै २०८३ साउन २१ गतेसम्मका लागि स्थगित भएको छ। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक २०८३ साउन २१ गते बिहीबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरेका हुन्। 

सोमबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दुई वटा वार्षिक प्रतिवेदन पेस गरिन्। मन्त्री गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन’ र ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन’ पेस गरेकी हुन्। 

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले पनि समितिको प्रतिवेदन पेस गरे ।  सभापति पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गरेका हुन्।