अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ? 

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ? 


काठमाडौं-बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको हो।

मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार २०० रुपैयाँले बढेको हो। यस्तै, १० ग्राम सुनको मूल्य मंगलबारको २ लाख ४३ हजार ३१० रुपैयाँबाट बढेर बुधबार २ लाख ४६ हजार ९१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार मंगलबार प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार ४ हजार ४७५ रुपैयाँ कायम भएको छ। यस आधारमा चाँदी प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ।

१० ग्राम चाँदीको मूल्य पनि ३ हजार ७५५ रुपैयाँबाट बढेर ३ हजार ८३७ रुपैयाँ पुगेको महासंघले जनाएको छ।