काठमाडौं-सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ।
यसअघि आज (साउन २२ गते) शुक्रबार अपराह्न १:१५ बजे बस्ने तय भएको बैठक अब साउन २७ गते बुधबार अपराह्न १:१५ बजे बस्ने गरी नयाँ मिति निर्धारण गरिएको हो।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठकको नयाँ मिति र समय तोकेको उल्लेख गरिएको छ।
सचिवालयले बैठक सारिएको जानकारी सार्वजनिक गर्दै नयाँ निर्धारण गरिएको मिति र समयमा बैठक बस्ने जनाएको छ।



प्रतिक्रिया