काठमाडौं-राष्ट्रिय सभाका सदस्यहरूले देशभर देखिएको खाना पकाउने ग्यासको अभावका कारण नागरिकले सास्ती भोग्नुपरेको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै सांसद कमला पन्तले सरकारले ग्यासको अभाव नरहेको दाबी गरिरहे पनि सर्वसाधारणले ग्यास नपाएर लामो लाइनमा बस्नुपरेको अवस्था देखिएको बताइन्। उनले ग्यास वितरणको वास्तविक अवस्था सार्वजनिक गर्न र समस्या समाधानका लागि सरकारलाई सभामार्फत रुलिङ गर्न माग गरिन्।
त्यस्तै, सांसद तुलप्रसाद विश्वकर्माले ग्यास अभाव देशव्यापी समस्याको रूपमा देखिएको उल्लेख गर्दै नागरिकले ठूलो दुःख र सास्ती भोग्नुपरेको बताए। उनले सरकारले आवश्यक चासो दिएर तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
ग्यास समस्या देशभर भएको छ । यसमा सरकारले चासो दिएको समस्या समाधान गरोस्’, विश्वकर्माको भनाइ छ । अर्का सांसद नरबहादुर विष्टले पनि कहिलेसम्म सरकारले ग्यास उपलब्ध गराउने हो भनेर प्रश्न गरे ।
सांसद नरबहादुर विष्टले पनि ग्यास अभाव कहिलेसम्म रहने हो भन्दै सरकारसँग प्रश्न गरे। उनले जनताको दैनिक जीवन प्रभावित भइरहेका बेला सरकार मौन बस्न नमिल्ने बताए।
बैठकमा सांसद नारायणदत्त मिश्रले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनले घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने धारणा राखे।


प्रतिक्रिया